भियतनामका महामहिम राजदूत Mr. Nguiyen Thanh Hai नेपाल भ्रमणमा

भियतनामका महामहिम राजदूत Mr. Nguiyen Thanh Hai नेपाल भ्रमणमा

नेपाल लागि मित्रराष्ट्र जनव।दी भियतनामका महामहिम राजदूत Mr. Nguiyen Thanh Hai , नेपाल लागि
अवैतनिक बाणिज्यदुत श्री राजेश काजी श्रेष्ठज्यू र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिपक
कुमार मल्होत्राज्यू तथा सस्थाका पधतिकारी सहित सोल्टी होटेल  कालीम।टीमा बैठक बसेको थियो ।
उक्त बैैठकमा विगत १२ वर्ष देखि यस संस्था द्घारा मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, उद्योग व्यापार,
कृषि, तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्घनमा विशेष योगदान पुर्‍याउँदै आएकोमा सराहना गरियो।
यस नेपाल भियतनाम उद्योग वाणिज्य संघको प्रमुख उद्धेश्य नै मुलुकको पर्यटन क्षेत्रको विकास पनि रहेकाले
नेपालमा पर्यटकको आगमन वृद्धि गर्न बुद्ध जन्मेको भूमि लुम्बिनी स्थित गौतमबृद्ध अन्तराष्ट्रिय विमान स्थलमा
भियतनामी पर्यटक ल्याउन सम्बनधित निकायहरुसँग समन्वय गरी मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग
पुर्‍याउने बारे सहमति गरिएको छ ।
यसैगरी यस संस्थाले नेपालको कृषिक्षेत्रको विकासका लागि समाजवादी गणतन्त्र भियतनामसँग सहकार्य गरी
त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्दै कृषि उत्पादनमा
वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पुर्‍याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै
आयात निर्यातलाई अझ सहज बनाउने बारे छलफल गरियो। यसै सर्दभम। मित्ररास्त्र भियतनामको पहलमा
नेपालमा Food Processing Project संचालन गर्ने बारे पनि छलफल गरियो।
हाल भियतनाम सँग भइरहेको व्यापार व्यवसायलाई निरन्तरता दिनुका साथै आगामि दिनहरुमा अझ यस क्षेत्रलाई
प्रभावकारी बनाउन थप नयाँ लगानीको वातावरण सिर्जना गर्नका लागि यस संघले पहल गर्ने कुरामा प्रतिबद्धता
जाहेर गरिएको छ ।
यस संस्थाका प्रतिनिधि मण्डल आगामी 2024 August महिनामा मित्ररास्त्रको भ्रमण गरि भियतनामको उद्योग
वाणिज्य प्रतिनिधि तथा भियतनाम सरकारको प्रतिनिधि संग छलफल गरि नेपाल भियतनाम सिधा हवाइ पारवहन
सञ्च।लन गर्न पहल गर्ने साथै अन्र्तराष्ट्रिय गनतव्य सहज पार्न भियतनाममा तTransit Flight सुबिधाको लागि
पहल गर्ने भियतनामका महामहिम राजदूत Mr. Nguiyen Thanh Hai ज्यूले यथासिग्र पहल गर्न प्रतिबद्धता
ज।हेर गर्नु भयो ।
दुई राष्ट्र बिचको प्रगाढ सम्बन्ध ५० बर्ष पुगेको उपलक्षमा ५०औ वार्षिक उत्सब विभिन्न कार्यक्रमका साथ
मनाउन पहल तथा छलफल गर्ने सहमति भयो ।